१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युएन मिसनको परीक्षा रद्द

काठमाडौं-संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षा रद्द भएको छ। प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि युएन हेडक्वाटरको निर्देशनमा परीक्षा रद्द भएको हो।

गत बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा भएको परिक्षाको प्रश्नपत्र परिक्षा हुनुभन्दा २ घन्टा अगाडि लिक भएको थियो ।

नेपाल प्रहरीका ५ सय र सशस्त्रका ३ जना कर्मचारी संलग्न रहेको परिक्षाका लागि १२ र तीन वजे परिक्षाको समय तोकिएकोमा १० वजे नै प्रश्नपत्र बाहिरिएको विषयमा नागरिक दैनिकले समाचार प्रकाशित गरेको थियो ।

परिक्षा अगाडिनै प्रश्नपत्र बाहिरिए पनि परिक्षाका लागि नेपाल आएको युक्रेनी र अमेरिकीसहित ६ जनाको टोलीले परिक्षाको नतिजा सार्वजनिक गर्दै उतिर्ण भएका ४ सय ५० जनाको अन्र्तवार्ता समेत लिइसकेको थियो ।

प्रधान कार्यालयस्रोतका अनुसार युएन हेडक्वाटरले सो विषयमा छानविन गर्दा प्रश्नपत्र लिक भएको पुष्टि भएको उल्लेख गर्दै सो परिक्षा रद्ध गरी पुन अर्को परिक्षा लिन मंगलबार लिखित निर्देशन दिएपछि अन्र्तराष्ट्रिय टोलीले प्रहरी र सशस्त्रको युएन शाखालाई सोही अनुसारको सूचना दिएको थियो ।

प्रधान कार्यालयस्रोतका अनुसार आगामी बिहीबार परिक्षामा सहभागी सबैलाई दुबै संगठनले बोलाएको छ। शुक्रबार परिक्षा हुने सूची सार्वजनिक भइसकेको छ ।

सशस्त्र हेडक्वाटरबाटै प्रश्नपत्र लिक

अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षा केन्द्र हलचोकस्थित  सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो । स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रश्नपत्र सशस्त्रका कर्मचारीले लिक गरेको खुलेको छ।

परीक्षाको गोपनीयताका लागि प्रश्नपत्र, अडियोलगायत सामग्रीसहित राष्ट्रसंघले केन्द्रबाट युक्रेनी र अमेरिकीसहित ६ जनाको टोली नेपाल पठाएको थियो । उनीहरूले परीक्षा सामग्री आफूसँगै ल्याएका थिए ।

स्रोतका अनुसार लिखित परिक्षाका लागि सशस्त्रको हेडक्वाटर चयन गरेको थियो । परीक्षा सामग्रीको गोपनीयताका लागि राष्ट्रसंघले खटाएको टोलीले सशस्त्रको हेडक्वाटरमा आवश्यक प्रश्नपत्र प्रिन्ट र फोटोकपी गरेको थियो ।

अन्तराष्ट्रिय टोली बसेर फोटोकपी गरेर प्रश्नपत्र आफुसँगै लिएर हिडे पनि सशस्त्रले फोटोकपी गरिएका सामाग्रिको डिजिटल कपी कम्प्युटरमा रेकर्ड बस्ने पद्धती रहेकोबारे जानकार सशस्त्रका कर्मचारी प्रश्नपत्र लिक गरेर भाइबर मार्फत परिक्षार्थीहरुलाई पठाएका थिए ।

अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो । प्रश्नपत्र बाहिरिन नदिन परीक्षा हलमा मोबाइल लैजानसमेत रोक लगाइएको थियो । तर, १० बजे नै प्रश्नपत्र परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो । १० बजे भाइबरमार्फत परीक्षार्थीले प्रश्नपत्र पाएका थिए ।

दिउँसो ३ बजे दोस्रो टोलीको परीक्षा तोकिएको थियो । दोस्रो टोलीका लागि राष्ट्रसंघले तयार पारेको प्रश्नपत्र पनि परीक्षा सुुरु हुनुअघि नै सार्वजनिक भइसकेको थियो ।

‘यस अगाडिका परिक्षामा पनि यसरी नै प्रश्नपत्र लिक भएका थिए तर बाहिर नआउँदा परिक्षाको नतिजा फेरबदल भएन,’ जानकारस्रोतले भन्यो‘ यसले राष्ट्रकै वेइज्जत हुने भनेर ध्यानाकर्षण गराए पनि सुधारको प्रयास भएन ।’

राष्ट्रसंघमार्फत सशस्त्र प्रहरीका कर्मचारी सुडान र डार्फरमा खटिने गरेका छन्। त्यस्तै नेपाल प्रहरीका कर्मचारी हाइटी, सुडान र लाइबेरियामा खटिँदै आएका छन्।

मिसनमा खटिने कर्मचारीको छनौटका लागि दुबै सुरक्षा संगठनले भाषा सिपका लागि प्रिस्याटको परिक्षा लिएर त्यसमा उर्तिणलाई पूर्ण परिक्षामा सहभागी गराउने गरेको छ।

परिक्षाबारे जानकार एक अधिकारीका अनुसार भाषा सिप परिक्षामा उतिर्णले अन्र्तवार्ता, सवारी चलाउने र सुटिङको परिक्षामा उर्तिण भएपछि युएन हेडक्वाटरले उतैबाट अन्र्तवार्ता लिएर मिसनमा सहभागी हुने सुरक्षाकर्मीको चयन गर्दै आएको छ।

 

प्रकाशित: ९ चैत्र २०७३ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App