coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले सहिद गोवीन्द गौतमको परिवारलाई ६ लाख सहयोग गर्ने

पुनर्वास(कंचनपुर)- नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोली लागी मारिएका गोविन्द गौतमको परिवार ६ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका नेता तथा कृषी मन्त्री गौरीशंकर थारुले मंगलवार गौतमको घरमा पुगेर माओवादी केन्द्रले ६ लाख दिने निर्णय गरेको जानकारी गराएका हुन। मंगलवार बसेको पार्टीको बैठकले ६ लाख नगद दिने निर्णय गरेको उनले बताए।

 सहित गौतमको १३ औँ दिनको पुण्य तिथीमा उनको घर पुगेका कृर्षि मन्त्री तथा माओवादी केन्द्रका नेता गौरीशंकर थारुले ६ लाख पार्टीले दिने निर्णय गरेको र तुरन्तै हस्तान्तरण गरिने आफन्तलाई जानकारी दिएका थिए।

‘पार्टीले ६ लाख दिने गरेको छ र उक्त रकम छिट्टै हस्तान्तरण गरीने छ’उनले बताए। यसैगरी घाइते टीकाराम चापागाईलाई भेटेर रु ५० हजार उपलब्ध गराएको छ।

यस अघि नेकपा एमालले गौतम परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गरेको थियो। मन्त्री थारुले सरकारको तर्फबाट प्रदान गरीने १० लाख रकम पनि छिट्टै सहिद परिवारलाई प्रदान गरीने बताए। भारतीय सुरक्षाकर्मीले हानेको गोलीबाट गौतमको हत्या भएको पुष्टी भईसकेको उनले बताए। १३ औ पुण्य तिथीको अवसरमा घर नजिकै  बिद्यालयमा आफन्त तथा स्थानीय वासिन्दालाई सम्बोधन गर्दै मन्त्री थारुले भारतीय सुरक्षाफौजले गोली हानेर गौतमको हत्या भएको बताएका हुन।‘ गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही र पीडित परिवारलाई क्षतीपुर्तीका लागी सरकार कुटनीतिक पहलमा जुटिसकेको छ ’उनले भने। सहितको गौतमले सिमामा बगाएको रगतको अवमुल्यन नहुने उनको भनाई छ । सीमामा भारतीय सुरक्षाफौजको गोली लागेर मारिएका सहिद गौतमको घरमा सरकार मन्त्री पुगेको पहिलो पटक हो।

गौतमको घरमा पुगेका मन्त्री थारुले घटनास्थल आनन्दबजारको पनि निरीक्षण गरे। अहिले सम्म आनन्द बजार र नाका सुनसान भएको छ। ओहोरदोहोर प्रशासन बन्द गरेको छ। सीमा बिवाद अन्त्य नभएसम्म ओहोर दोहोर बन्द गर्ने स्थानीयले बताएका छन। गत फागुन २६ गते आनन्द बजार नजिकै बनाइएको कच्ची कल्भर्ट भारतिय सुरक्षाफौज एस एस वीले प्रतिकार गर्दा ३० बर्षिय गोविन्द गौतम भारतीय ठानेदारले हानेको गोली लागेर मारिएका थिए। स्थानीय बासिन्दाले दोषीलाई कारवाही हुनुपर्ने, भारतले माफी माग्नुपर्ने र भारतवाट क्षतीपुर्ती भराउन सरकार सँग माग गरेका छन । स्थानीय बासिन्दाले मन्त्री थारुलाई ज्ञापन पत्र बुझाएका छन्।

 

प्रकाशित: ८ चैत्र २०७३ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App