coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको खुट्टा काटियो

काडमाडौं—एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन्। उनीसँगै दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते उनको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ।

मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको एमाले सर्लाही क्षेत्र नम्बर ४ का पूर्व इन्चार्ज जयप्रकाश यादबले नागरिकन्युजलाई बताए।

एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद हुन्।

सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो। चैत ५ पाँच गते बिहान ११ बजे दुर्घटना भएको हो।

मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको एमाले सर्लाही क्षेत्र नम्बर ४ का पूर्व इन्चार्ज जयप्रकाश यादबले नागरिकन्युजलाई बताए।

दुर्घटनाको भोलिपल्ट उनलाई उपचारका लागि काठमाडौं ल्याइएको र बी एन्ड बी अस्पतालमा उपचारका क्रममा दायाँ खुट्टा काट्नुपरेको यादबले बताए। उनको बायाँ खुट्टामा पनि गम्भीर चोट लागेको छ। यादबले सा‌सद देवीलाई उपचारका लागि काठमाडौं ल्याएका हुन्।

प्रकाशित: ८ चैत्र २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App