coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भेट्रान फुटबलमा ११ टोली

काठमाडौं- दोस्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबारदेखि हुने प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी क्लब, सामाखुसी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रूपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सीखेल युथ क्लब, साबिक उपविजेता मनाङ मर्स्याङदी क्लबले खेल्नेछन्।

यसै गरी साइनिङ सन फुटबल एकेडेमी (कैलाली), ढोलाहिटी युथ क्लब, ४० प्लस भेट्रान टिम र ब्वाइज स्पोर्ट्स क्लबले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। चैत १९ सम्म चल्ने प्रतियोगिता नकआउटको आधारमा हुनेछ।

स्पोर्ट्स फर अल क्लब नेपालले गर्ने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउनेछन्।

प्रतियोगिताको उत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीले समान १० हजार प्राप्त गर्ने आयोजकले बतायो। प्रतियोगिताका खेलहरू लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा हुनेछन्। उद्घाटन खेल झम्सीखेल र सामाखुसीबीच हुनेछ।

प्रतियोगितामा सहभागी हुने टोलीमा ४० वर्ष पूरा भएका खेलाडी हुनुपर्ने आयोजक स्पोर्ट्स फर अल क्लब नेपालका अध्यक्ष एवम् राष्ट्रिय टोलीका पूर्वखेलाडी लोकबहादुर शाहीले बताए।

नेपाल भेट्रान फुटबलको पहिलो संस्करण २०७१ सालमा भएको थियो। प्रतियोगिताको पहिलो संस्करणमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दीलाई हराउँदै उपाधि जितेको थियो।

प्रकाशित: ८ चैत्र २०७३ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App