६ वैशाख २०८१ बिहीबार
खेल

तेस्रो टेस्ट बराबरीमा

राँची- पिटर ह्यान्सकोम्ब र शन मार्सको अर्धशतकप्रेरित अस्ट्रेलियाले सोमबार भारतविरुद्धको तेस्रो टेस्ट बराबरीमा टुंग्याएको छ। यस बराबरीसँगै ४ टेस्टको शंृखला १–१ को बराबरीमा रहेको छ। अब शंृखलाको विजेता चौथो टेस्टले मात्र निर्धारण गर्ने भएको छ।

२३–२ बाट पाँचांै तथा अन्तिम दिन सुरु गरेको अस्ट्रेलियाका ओपनर म्याट रेनशो (१५) र पहिलो इनिङमा अविजित शतक प्रहार गरेका कप्तान स्टिभ स्मिथ (२१) पवेलियन फर्केपछि ६३–४ को कठिन स्थितिमा रहेको थियो। ह्यान्सकोम्ब र मार्शले पाँचांै विकेटका लागि १ सय २४ रनको महŒवपूर्ण साझेदारी गर्दै भ्रमणकारी टोलीको इनिङ उकासेका थिए।

२ सय बल खेलेका ह्यान्सकमले ७ चौकाको मद्दतमा अविजित ७२ र १ सय ९७ बलमा समान ७ चौका प्रहार गरेका मार्सले ५३ रन जोडे।

अन्तिम दिनको समाप्तिमा अस्ट्रेलिया २६०–६ को स्थितिमा रह्यो। ह्यान्डसकोम्ब ७२ र म्याथ्यु वेड ९ रनमा अविजित रहे। अस्ट्रेलियाले पहिलो इनिङमा अलआउट हँुदै ४ सय ५१ रन जोडेको थियो।

जबाफी ब्याटिङमा चेतेश्वर पूजारा र विकेटकिपर ब्याट्सम्यान ऋद्धिमन शाहले सातांै विकेटका लागि १ सय ९९ रनको साझेदारी गरेपछि भारतले पहिलो इनिङमा अग्रता लिएको थियो। चौथो दिन ९ विकेटको क्षतिमा ६ सय ३ रन जोड्दै भारतले पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। पूजाराले २ सय २ तथा शाहले १ सय १७ रन जोडेका थिए।

भारतका स्पिनर रवीन्द्र जडेजाले ५४ रन खर्चंदै ४ विकेट लिए। उनले पहिलो इनिङमा १ सय २४ रन खर्चंदै ५ विकेट लिएका थिए।

जडेजाले सोमबार अन्तिम सेसनमा २ सय ३२ मिनेट क्रिजमा बिताएका ह्यान्सकोम्ब र मार्सको साझेदारी तोडेका थिए।

जडेजाले मार्सलाई मुरली विजयको हातबाट क्याच गराएका थिए भने पहिलो इनिङमा शतक प्रहार गरेका ग्लेन म्याक्सवेलले २ रन मात्र जोड्न सके। उनी रविचन्द्रन आश्विनको बलमा विजयको हातबाट क्याच भए।

तर ह्यान्सकोम्बले बाँकी केही ओभरमा वेडसँगको साझेदारीमा सम्हालिएर ब्याटिङ गर्दै अस्ट्रेलियालाई आफ्नो ८ सयौं टेस्टमा हारको संघारबाट जोगाएका थिए।

‘मेरा खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट छु। जसका कारण हामी आज खेल बराबरीमा टुंग्याउन सफल भयौं,’ स्मिथले भने, ‘मार्स र ह्यान्सकोम्बको प्रदर्शन साँच्चै राम्रो रह्यो। मेरो विचारमा उनीहरूको खेल सुन्दर रह्यो। उनीहरूप्रति गौरवान्वित छु। ब्याटिङका लागि यो पिच राम्रो थियो, त्यसैले पहिलो इनिङमा विशाल योगफल खडा गर्नु महत्वपूर्ण थियो। भारतले राम्रो ब्याटिङ गर्‍यो र उनीहरूले पहिलो इनिङमा विशाल योगफल खडा गरे।’

‘हामीले राम्रो प्रदर्शन गर्‍यौं। हामी यसलाई निरन्तरता दिन चाहन्छौं। हामीले यस खेलमा आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गर्‍यौं,’ भारतीय कप्तान विराट कोहलीले भने, ‘हामीले यस्तै खेलिरह्यांै भने आगामी दिनमा राम्रो नजिता निकाल्नेमा म विश्वस्त छु। धर्मशालामा एक खेल बाँकी छ र त्यसका लागि हामी तयार छांै।’

चौथो तथा अन्तिम टेस्ट शनिबारबाट धर्मशालामा सुरु हुनेछ।

प्रकाशित: ८ चैत्र २०७३ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App