coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनीष र आशिषको बराबरी नतिजा

काठमाडौं- नेपाली फिडे मास्टरद्वय मनीष हमाल र आशिष फुयालले सोमबार एसियन जोनल ३.२ बुद्धिचाल प्रतियोगितामा बराबरी नतिजा निकालेका छन्। मनीष (२०८१ रेडेट) ले दोस्रो चरणको खेलमा बंगलादेशका ग्रान्ड मास्टर (जिएम) नियाज मुर्सदसँग बराबरी खेले। नियाज २४२२ रेटेड खेलाडी हुन्।

यसै गरी आशिषले (१८०१) ले बंगलादेशका अन्तर्राष्ट्रिय मास्टर्स (आइएम) अबु सफियन सकिलसँग बराबरी खेले। अबु २३४३ रेटेड खेलाडी हुन्।

२०३६ रेटेड सिएम क्षितिज भण्डारीले पनि बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तबिरलाई बराबरीमा रोकेका छन्। यसै गरी नेपालका मदनकृष्ण कायस्थले भने हारको सामना गरे। मदनलाई  शीर्ष वरीयताका बंगलादेशी जिएम जिआउर रहमानले पराजित गरे।  

सोमबारका अन्य खेलमा बंगलादेशी जिएम अब्दुल्ला अल रकिबले हिमाल लामालाई हराए। नवीन तण्डुकारले मोहनसिंह प्रधानलाई भवगतीप्रसाद शर्माले मोहम्मद इम्रान खानलाई पराजित गरे। अहमद एमन इब्राहिमले रञ्जन कुँवरलाई हराउँदै अगाडि बढे। 

बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सिएम रिजेन्द्रराज भण्डारीलाई पराजित गरे।

प्रतियोगितामा दोस्रो चरण सकिँदा रहमान, रकिब र  मुजफुरले समान २ अंक जोडेर संयुक्त रूपमा शीर्ष स्थानमा छन्। मनीष, हुसेन, तैबुर, क्षितिज र आशिषले समान १.५ अंक जोडेका छन्। मदनकृष्णसहित हिमाल, रिजेन्द्र, नवीन र भगवतीको एक अंक छ।

महिलातर्फ शीर्ष वरीयताकी डब्लु आइएम बंगलादेशी समिमा अख्तरले सहकर्मी डब्लुएफ नजराना खानलाई हराइन्।  बंगलादेशी डब्लु आइएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेबलाई पराजित गरिन्। नेपालकी मतिना कुशीले आफ्नै देशकी पुनम प्रसाईंलाई हराइन्। सविना श्रेष्ठले शान्ता थापालाई पराजित गरिन्।

प्रकाशित: ८ चैत्र २०७३ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App