coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव फेरि दिल्लीमा

काठमाडौं- दुई साता नबित्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार फेरि दिल्ली गएका छन्। यादव दिल्लीबाट बनारस गएको सहयोगी उनका महेश चौरासियाले बताए। उनी सोमबार र मंगलबार बनारस हिन्दु विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। उनले त्यहाँ नेपालमा संविधान कार्यान्वयन र त्यसले उत्पन्न गरेको जटिलताबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

उनका सहयोगी चौरासियाले भारत भ्रमणका क्रममा औपचारिक रूपमा राजनीतिक भेट नभए पनि अनौपचारिक भेट हुनसक्ने बताए। दुई साताअघि पनि उनले एक साता लामो दिल्ली भ्रमण गरेका थिए। यादव चैत १० गते फर्कनेछन्।

प्रकाशित: ८ चैत्र २०७३ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App