७ वैशाख २०८१ शुक्रबार
राजनीति

निधि-आलेन भेटघाट

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा सोमबार भएको भेटमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन रूपमा हल गर्ने विषयमा छलफल भएको थियो।

पूर्वी नेपालका शरणार्थी शिविरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको छ। गृहमन्त्री निधि र आलेनबीच राहत आपूर्ति गराउनेबारे कुराकानी भएको थियो।

उनीहरूबीच अमेरिका जाने तयारीमा रहेका शरणार्थी पछिल्लो समय त्यहाँको सरकारी नीतिका कारण रोकिएको विषयमा पनि छलफल भएको थियो। गृहमन्त्री निधि र आलेनबीच आपसी सहयोग आदानप्रदानका विषयमा पनि छलफल भएको थियो।

प्रकाशित: ८ चैत्र २०७३ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App