coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निकै खुसी छन् नेपाली

काठमाडौं- नेपाल सार्क क्षेत्रकै खुसी राष्ट्रमा तेस्रो स्थानमा परेको छ। विश्वका खुसी राष्ट्रको सूची प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भुटानपछि राखेको हो।

अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको ह्यापिनेस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार नेपाल ४.९६ अंकले सार्कको तेस्रो खुसी मुलुक बनेको हो। एक सय ५५ मुलुक समावेश रहेको सूचीमा नेपाल ९९ औं स्थानमा छ।

सार्कको सबैभन्दा खुसी राष्ट्र पाकिस्तान ५.२६ अंकसहित विश्वको ८० औं स्थानमा छ भने भुटान ५.०११ अंकसहित ९७ औं स्थानमा छ।

खुसी राष्ट्रको सूचीमा भारत १२२औं स्थानमा छ। बंगलादेश र श्रीलंका क्रमशः ११० तथा १२०औं स्थानमा छन्। युद्धको चपेटामा रहेको अफगानिस्तान खुसी राष्ट्रको सूचीमा सार्कमा सबैभन्दा तल १४१ औं स्थानमा छ।

विश्वका खुसी देशको सूचीमा स्क्यान्डिनेभियन मुलुकको वर्चस्व छ। खुसी राष्ट्रको सूचीमा पहिलो नर्वे छ भने दोस्रोमा डेनमार्क छ। आइसल्यान्ड, स्विजरल्यान्ड तथा फिनल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचांै खुसी मुलुक हुन्।

अमेरिकाको खुसी गत वर्षभन्दा कम भएको छ। सन् २०१६ मा १३ औं स्थानमा रहेको अमेरिका यस वर्ष १४औं स्थानमा पुगेको छ।

इन्स्टिच्युटले खुसी राष्ट्र छनोटका लागि एक सय ५५ मुलुकको विभिन्न पक्षको अनुसन्धान गरेको थियो। कुल गार्हस्थ उत्पादन, सामाजिक सुरक्षा, आयु, छनोट अवसर, दान भावना, भ्रष्टाचार तथा मानवीय पक्षलाई आधार मानेर प्रतिवेदन तयार पारिएको इन्स्टिच्युटले उल्लेख गरेको छ।

प्रकाशित: ८ चैत्र २०७३ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App