८ वैशाख २०८१ शनिबार
राजनीति

क्रान्तिकारी र अखिलबीच अस्कलमा झडप

काठमाडौं – अमृत साईन्स क्याम्पस (अस्कल)को छात्राबासमा सोमबार दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको छ। अखिल क्रान्तिकारीका विद्यार्थीले अखिलका कमलराज जोशीलाई हम्मरले प्रहारगर्दा उनी गम्भिर घाईते भएका छन्। घाईते जोशीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार सोमबार बिहान साढे एघार बजे क्रान्तिकारीका ख्यामबहादुर सिंहको नेतृत्वमा पचासजनाको टोली छात्राबासमा पुगेर जोशी उपर आक्रमण गरेको थियो। बीएससी तेस्रो वर्षका जोशीलाई हम्मर प्रहार गरेको आरोपमा प्रहरीले रमेश खनाललाई पक्रेको छ।

वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले पटक–पटक दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच क्याम्पसमा झडप भै रहेको बताए। उनका अनुसार सोमबारको घटनामा चारजना बिरुद्ध किटानी जाहेरी प्रहरीमा परेको छ। ‘जाहेरीमा उल्लेख भएकामध्ये एकजनालाई पक्रेका छौ, झडपको कारण थाह भएन तर पटक पटक भिडिरहेका छन,’ राठौरले भने।

 

 

 

 

प्रकाशित: ७ चैत्र २०७३ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App