६ वैशाख २०८१ बिहीबार
राजनीति

स्थानीय तहको नाम जुध्यो

पाँचथर-स्थानीय तह पुनसरचना आयोगले ख्याल नगर्दा जिल्ला दुई स्थानीय तहको नाम अरु दुई जिल्लाका स्थानीय तहसँग जुधेको छ। छिमेकी गाँउपालीकाको उस्ता उस्तै नाममा काम सञ्चालन भएको छ। जिल्लाको दुई गाँउपालिकाको नाम ताप्लेजुङ र मोरङका गाउँपालिकासँग मिलेको हो।

उत्तरी याङवरक गाँउपालिकाको नाम ताप्लेजुङसँग जुधेको हो भने। सिमाक्षेत्रका गाँउपालिकाको नाम उस्तै भएको हो। यस्तै दक्षिणि मिक्लाजुङ गाँउपालिकाको नाम मोरङको गाउँपालिकासँग मिलेको हो। जिल्लामा साविक  च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागि गाविस समेटेर याङवरक गाँउपालिका बनाइएको थियो। १८ हजार २ सय ८१  जनसंख्या भएको दुई सय ८ वर्ग किलोमीटर गाँउपालिका बनाइएको थियो। ६ वटा वडा भएको गाँउपालिका बनाइएको बनाईएको छ। यस्तै उता ताप्लेजुङका नाङ्खोल्याङ, थेचम्बु, तिरीङ्गे, डुम्रिसे, चाक्सिबोटे र थुम्बेदिन साविक गाविस मिलाएर बनाइएको गाँउपालिकाको नामाकरण पनि याङवरक गरिएको छ। १३ हजार ५ सय ९१ जनसंख्या भएको ६ वार्डको ९३ दशमलव ७६ वर्गकिलोमीटरको गाँउपालिका बनाइएको छ। दुवै गाँउपालिका आपसमा जोडिन्छन् । दुवै जिल्लाका यि गाविसलाई विगतमा याङवरक क्षेत्र भनिन्थ्यो।

धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा चिनिएको मिक्लाजोङ डाँडाँको नाममा नामकरण गरीएका गाँउपालिका समेत नाम एउटै भएको हो । आरुवोटे, सराङडाँडा, रवि, कुरुम्बा, लिम्बा र दुर्दिम्बा नामका साविक गाविस जोडेर मिक्लाजोङ गाँउपालिका बनाइएको छ । २४ हजार ७ सय १५ जनसंख्या भएको  ८ वार्डको गाँउपालिका बनाइएको थियो । सोहि क्षेत्रमा सिमा जोडिएका मोरङका रमीतेखोला, टाढि, जाते (वार्ड नं. ३ र ४),  र मधुमल्ला ( १ देखि ६ वार्ड) को मिक्लाजुङ गाँउपालिका बनाइएको छ । २२ हजार ७ सय ८ जनसंख्या भएको १ सय ५८ वर्गकिलोमीटर क्षेत्रफल भएको गाँउपालिका बनाइएको हो ।

छिमेकी गाँउपालिका एउटै हुँदा अन्योलता भएको स्थानिय घनश्याम घिमिरेले बताए। एक आपसका गाँउपालिकाको नाम एउटै हुने विषयलाई आयोगले ख्याल गर्न नसकेको उनको भनाई छ । आयोगले पहिलो खाका बनाउँदै गर्दा नाम जुधेपछि जिल्ला स्थीत प्राविधक सुझाव समितिले नाम नजुधाउन आयोगलाई सिफारीस गरेको थियो । सुरुवमा इलामसँग फाल्गुनन्द गाँउपालिका समेतको नाम जुधेपनि अन्तिम खाका आउदा इलामको नाम फेरीएको छ । यि नामले प्रतिनिधित्व गर्ने क्षेत्र जिल्लातिर धेरै भएको तथा यहाँ सुरुमै नामाकरण भएकाले अरु जिल्लाका गाँउपालिकाको नाम फेर्न पत्रचार भएको  खाका सिफारीस गर्दाका सुझाव समितिका संयोजक सिनियर डिभिजन इन्जीनियर भानु बरालले बताए । ‘हामीले नाम मिलेकाले सच्याउन अनुरोध गरेका थियौँ । यि नामले समेटेको भुगोल जिल्लाकै धेरै भएको तथा सुरुमै नामाकरण गरीएकोले अरु जिल्लाको सच्याउन भनेका थियौँ भएन छ । नामले खासै असर नपर्ला कि ?’– बरालले नागरिकसँग भने । विभिन्न कामको शिलशिलामा असर पर्ने स्थानियको भनाई छ । केन्द्रीय बजेटमा गडवड हुनसक्ने सम्भावना केलाईदैछ ।

प्रकाशित: ७ चैत्र २०७३ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App