coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अश्रुग्यासले सडकमै ढलेपछि कोमल ओली अस्पताल भर्ना

कोमल वलीको अवस्था बुझ्न मोडल अस्पताल पुगेका राप्रपा अध्यक्ष कमल थापा

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका थिए। त्यति बेलै प्रहरीले प्रहार गरेको अश्रुग्यास सेल ओली नजिकै खसेको थियो।

निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको विरोधमा सोमबार आयोग धर्नाको कार्यक्रम राखेको हो।

प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका थिए। त्यति बेलै प्रहरीले प्रहार गरेको अश्रुग्यास सेल ओली नजिकै खसेको थियो।

'अश्रुग्यासका कारण उहाँ फेन्ट भएर लड्नु भयो। साथीहरुले उहाँलाई तत्कालै मोडल अस्पताल पुर्‍याउनु भयो', राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकन्युजसँग भने।

राप्रपा अध्यक्ष कमल थापा थापाले मोडल अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

संविधानको व्यवस्थालाई आधारमा मानेर आयोगले राप्रपा विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको थियो।

संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार आयोगले राप्रपा विधानबाट 'हिन्दू राष्ट्र र राजतन्त्र...' हटाएको थियो।

आयोगको निर्णयविरुद्ध राप्रापले सदनमा संविधान संशोधन प्रस्ताव समेत दर्ता गराएको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा आइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

प्रकाशित: ७ चैत्र २०७३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App