१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जमलमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले

काठमाडौं— पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ।

राप्रपा कार्यकर्ता आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। जबर्जस्ती गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।

राप्रपा कार्यकर्ता आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। जबर्जस्ती गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।

अहिलेसम्म प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।

निर्वाचन अायोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरिदिएको थियो। संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार अायोगले राप्रपा विधानबाट 'हिन्दू राष्ट्र र राजतन्त्र...' हटाएको थियो।

राप्रपाले अायोगको निर्णयविरुद्ध सदनमा संविधान संशोधन प्रस्ताव समेत लगेको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा अाइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

तस्विरहरुः दिनेश गोले

ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
ज्योति भवन अगाडि भइरहेको झडपको दृश्य। तस्विरः दिनेश गोले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App