६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

क्युबाको सडक दुर्घटनामा ५५ घाइते

हवाना – पूर्वी क्युबाको बायामो सहरको बाहिरी इलाकामा भएको एक सडक दुर्घटनामा कम्तीमा ५५ व्यक्ति घाइते भएका छन । 
आइतबार बिहान भएको यो यात्रुबाहक बस दुर्घटना चालकले नियन्त्रण गुमाउँदा भएको बताइएको छ । 
सो बस सान्टीयागो डे क्युबाबाट देशको दोस्रो ठूलो सहर नुएभिटातर्फ गईरेहको थियो । यस दुर्घटनमा घाइते भएका मध्ये दुई जनाको अवस्था भने चिन्ताजनक भएको बताइएको छ । 
घाइते सबैलाई नजिकैको स्थानीय अस्पतामा उपचारार्थ लगिएको छ । घाइते भएका व्यक्तिहरुमा एक १८ महिने बालकसहित ६ बालबालिका र पाँच बृद्ध रहेका जनाइएको छ । रासस /सिन्हवा 

प्रकाशित: ७ चैत्र २०७३ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App