coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा घाइते महिलाको मृत्यु

दमक – झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

गम्भीर घाइते दमक नगरपालिका– २ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते दमक– २ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक– ९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ । कमलनगर गाउँपालिका– ५ सितापुरी चोकमा पूर्वबाट–पश्चिमतर्फ आउँदै गरेको बा३ख ७८१५ नंको बस तीव्रगतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए । रासस 

प्रकाशित: ७ चैत्र २०७३ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App