७ वैशाख २०८१ शुक्रबार
समाज

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मेलम्ची – चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले सोमबार  दुई युवालाई पक्राउ गरेको छ । 

चोरीको बा५२प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस 

प्रकाशित: ७ चैत्र २०७३ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App