६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरमा पत्रकार अक्षयकोष स्थापना

उदयपुर – नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरले जिल्लाका पत्रकारको हकहित र भइपरी आउने विभिन्न समस्याको समाधानका लागि पत्रकार अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ । 

महासङ्घले रु एक लाख सङ्कलन गरेर अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । आगामी तीन वर्षभित्र रु दश लाखसम्मको कोष बनाउने तयारी गरेको शाखा अध्यक्ष भरत खड्काले जानकारी दिए । कोषका लागि विभिन्न सङ्घ संस्था तथा सहयोगकर्ताबाट रकम सङ्कलन गर्ने कार्य भइरहेको छ । 

सङ्कलन गरिएको रकमको ब्याजबाट जिल्लाका पत्रकारलाई भइपरी आउने समस्या समाधानका लागि सहयोग पुग्नेछ । यस्तै सङ्घले त्रियुगा नगरपालिकाको रु एक लाख सहयोगमा त्रियुगा नगरपालिकाका संस्थापक मेयर लालसेर राईको नाममा ‘लालसेर राई स्मृित पुरस्कार’ कोष समेत खडा गरेको छ । उक्त रकमको वार्षिक ब्याजबाट बर्सेनि जिल्लामा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई ‘लालसेर राई स्मृित पुरस्कार’बाट सम्मानित गर्ने निर्णय गरेको छ । रासस 
 

प्रकाशित: ७ चैत्र २०७३ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App