५ वैशाख २०८१ बुधबार
राजनीति

तीन सहसचिव कार्यकारी अधिकृत बन्न स्थानीय सरुवा

काठमाडौं—नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ। 

सहसचिव प्रेमराज जोशी, हरि दाहाल र दुर्गानारायाण पौडेललाई महानगरमा नयाँ कार्यकारी अधिकृत बनाउनका लागि पठाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए। 

स्थानिय मन्त्रालयले माग गरेअनुसार सहसचिव प्रेमराज जोशी, हरि दाहाल र दुर्गानारायाण पौडेललाई महानगरमा नयाँ कार्यकारी अधिकृत बनाउनका लागि पठाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए। 

यसअघि सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि उपसचिव र शाखा अधिकृतलाई पठाएको थियो। सामान्यले शाखा अधिकृत र उपसचिव पठाएपछि बिहीवार गाउँपालिका र शुक्रबार उपमहानगर र नगरपालिकामा नयाँ कार्यकारी अधिकृत तोकि सम्बन्धित स्थानिय तहमा खटाइसकेको छ। 

काठमाडौँबाहेक ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा सामान्यले सहसचिवको सरुवा नगर्दा निमित्त कार्यकारी अधिकृतले काम गरिरहेका छन्। काठमाडौं महानगरमा सहसचिव इश्वरराज पौडेल कार्यकारी अधिकृतको रुपमा रहनु भएको छ। 

महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत कार्यकारी रहने व्यवस्था गरिएको छ। सहसचिव न्यौपानेले आजै ती सहसचिवलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको पत्र दिइएको बताए। बिहीबारको मन्त्रिपरिषद् बैठकले ती सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । रासस 

प्रकाशित: ७ चैत्र २०७३ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App