coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार छाड्ने निधीको धम्की

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको वरियतामा अर्का उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि असन्तुष्ट भएका हुन्।

मर्यादाक्रम परिवर्तन नगरिए सरकार छाड्ने चेतावनी समेत निधीले प्रधानमन्त्री दाहाल र देउवासँग व्यक्त गरिसकेका छन्। 'प्रधानमन्त्रीले यस विषयमा थापासँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन दिनुभएको छ,' स्रोतले भन्यो, 'प्रधानमन्त्रीले थापा धेरै पटक उपप्रधानमन्त्री भैसकेको भन्दै पहिलो वरियतामा उहाँलाई राखेको भन्नुभएको छ।' भेटमा निधिले भने आफूले यसअघि कार्यवाहाक प्रधानमन्त्री चलाइसकेको प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए।

थापा सरकारमा आएपछिको पहिलो बैठकमा समेत प्रधानमन्त्रीपछि निधिको वरियताक्रममा थियो। तर, निधि दिल्ली भ्रमणमा रहेका वेला प्रधानमन्त्री दाहालले थापालाई निधिभन्दा अघिल्लो क्रममा राखेपछि  यो विवाद देखिएको हो। निधिले सरकारको सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीपछि आफनो मर्यादाक्रम हुनुपर्ने जिकीर गरेका छन्।

निधिले पार्टी सभापति देउवाका साथै महामन्त्री शशांक कोइराला, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरु रहेको छलफलका क्रममा असन्तुष्टी जनाएका हुन्। 'सबै नेताहरुले ठूलो दलको हैसियतले मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रम काँग्रेसले पाउनुपर्ने बताउनुभएको छ,' स्रोतले भन्यो।  निधिका प्रेस सल्लाहकार रामजी दाहालले वरियताक्रमको विषयमा प्रधानमन्त्री दाहाल र सभापति देउवासँग छलफल भएको पुष्टि गरेका छन्।  दाहालको मन्त्रिपरिषदमा निधि, थापा र कृष्णबहादुर महारासहित तीन उप प्रधानमन्त्री छन्।

प्रकाशित: ७ चैत्र २०७३ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App