coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

लन्डन—वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

संयोजक आचार्य नेपाल सरकारका पूर्व उच्च सरकारी अधिकृत (बन विज्ञ) हुन्। १४ सदस्सीय समितिको उपसंयोजकमा गान्धी सुवेदी र सचिवमा कल्पना सुवेदी पण्डित चयन भएका छन्। सुवेदी पूर्वप्रसाशक तथा पण्डित समाजशास्त्री हुन्।

भेलाले सदस्यहरुमा डा. नारायण कँडेल, प्रकाश सापकोटा, शुभाष लामा, बाबुराम बास्तोला, मान बहादुर थापा मगर, सुमी भण्डारी, सीता सुवेदी, नविन शर्मा, सुरज सिटौला, रमेशराज पण्डित, शोभा वास्तोलालाई चयन गरेको छ।

संयोजक आचार्य नवगठित समितिमा सबै पेशा, महिला पुरुष, जनजाति सम्मिलित समाबेशी साझा सद्भाव समूह गठन गरिएको जनाए।

रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाको प्रमुखबाट राजिनामा गरेर राजनीतिमा होमिएपछि साझा पार्टी स्थापना गरेका हुन्। पार्टीले पद्धति, पारदर्शिता, इमान्दारीता र उत्कृष्टता मुख्य विशेषता भएको दाबी गर्दै अाएको छ।

प्रकाशित: ६ चैत्र २०७३ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App