८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसमा निर्वाचन गर्न नआउनुस्: उपेन्द्र यादव

आइतवार पर्साको पोखरियामा आयोजित फोरम नेपालको सभा। तस्बिर: रितेश त्रिपाठी

वीरगन्ज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसै अवस्थामा मधेसमा निर्वाचन गराउन नआउनु भन्दै कर्मचारीलाई चेतावनी दिएका छन्। ‘संविधानले जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चिता गरेको छैन्, पहाडमा १० हजार हुने जति प्रतिनिधी मधेसमा ५० हजारमा छानिने चुनाव बिभेदलाई संस्थागत गर्नका लागि हो,’ संविधान संशोधन भन्दा अगाडी स्थानीय निकायको निर्वाचन गर्न नदिने भन्दै आएको मधेसी मोर्चाको घटक फोरम नेपालका अध्यक्ष यादवले भने, ‘हामी कर्मचारी बर्गलाई आदर गर्दछौं, तर मधेसका जनता आन्दोलित छन्, यस्तो विभेदकारी निर्वाचनको खेल यहाँ गर्न खोजियो भने जनता लाठी लिएर उत्रिने छन्, त्यसपछि बुझ्नु होला परिणाम के हुन्छ भनेर।’

                सो पार्टीले पर्साको पोखरिया नगरपालिकामा राखेको बृहत पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता यादवले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दल नेपालका बहुसंख्यक जनता माथी अल्पसंख्यक खसहरुको बर्चश्व बनाईराख्न राजनीति केन्द्रित गरेको आरोप लगाए। उनले मधेसी, जनजाति, आदिवासी, मुस्लिम र थारु जस्ता समुदायलाई संविधानमार्फत अधिकारमा पछाडी पारिएको आरोप लगाउँदै त्यस्ता प्रावधान संशोधन बिना संविधान र त्यस अन्तर्गत गरिने चुनाव मान्य नहुने बताए। स्थानीय तहको चुनाव प्रदेश सरकारले गराउनु पर्ने मान्यता बताउँदै उनले केन्द्र सरकारमार्फत स्थानीय तहको निर्वाचन गराएर संघीयतालाई असफल बनाउन खोजिएको आरोप लगाए।

उनले कार्यकर्तालाई चुनावको कुरामा नलागि आन्दोलनका लागि तयार हुन आग्रह गरे।  यादवले आन्दोलनको क्रममा काँग्रेस, एमाले र माओवादी तीनै पार्टीको नेतृत्वको सरकारले मधेसी आन्दोलनकारी उपर निर्मम तरिकाले गोली प्रहार गरी हत्या गरेको भनी आक्रोश जनाए। ‘के लोकतन्त्रमा शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने अधिकार छैन हामीलाई, निहत्था जनता माथी बारम्बार गोली प्रहार गरेर हत्या गरिन्छ, के यही हो लोकतन्त्र ?’ नेता यादवले प्रश्न गरे, ‘धैर्यको बाँध टुट्यो भने के हुन्छ ? शान्तिपुर्ण आन्दोलनमा रहेका मधेसी जनताले हतियार उठायो भने साशकहरुको हालत के रहन्छ ? मधेसीहरुले हतियार उठाउने बाध्यता नवनोस् ।’

 

प्रकाशित: ६ चैत्र २०७३ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App