८ वैशाख २०८१ शनिबार
समाज

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

काठमाडौं – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् । 

आयोगको सचिवालयमा आइतबार भएको भेटमा डा श्रेष्ठले नेपालले ऊर्जा विकासमा विस्तारै प्रगति गर्दै गरेको र आगामी केही वर्षमा उल्लेख्य प्रगति हुने बताए । ‘‘हामीले धेरै आयोजना सुरु गरिसकेका छौँ । धेरैको प्रगति राम्रो छ । लामो समय अन्धकारमा रहनु परे पनि अब केही वर्षमा हामी ऊर्जामा राम्रो गर्ने छौं” उनले भने । 


सो अवसरमा उपमहासचिव आचार्यले अतिकम विकसित देशले ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । 

उपमहासचिव आचार्यले राजनितिक अस्थिरताका बाबजुद नेपालले हासिल गरेको सफलताका कथालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्नेमा जोड दिए । रासस 

प्रकाशित: ६ चैत्र २०७३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App