४ वैशाख २०८१ मंगलबार
समाज

दुई सातापछि लोकमार्ग सुचारु

बाग्लुङ- सुख्खा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग दुई सातापछि खुलेको छ। जिल्लाको रिघा—७ मा फागुन २२ गते बिहान ५:३० बजे झरेको पहिरोले अवरुद्ध सडक शनिबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी चौकी खर्बाङका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले बताए। ‘शनिबारदेखी एकतर्फी रुपमा गाडी गुड्न मिल्ने भएको छ,’ बानियाँले भने,‘एक साईडबाट मात्र काम गर्नुपर्ने हुँदा ढिला भएका थियो, एक दुई दिनमै सडक पूरै क्लीयर हुन्छ।’

 सडक खुले पनि दरमखोलाको ताल त्यसै छोड्डा समस्या निम्तीन सक्ने भन्दै स्थानीय चिन्तीत छन्। प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले ठूलो पहिरो झरेका कारण खुलाउन समय लागेको भन्दै सडक पूरै सफा भएपछि दरमखोलामा बनेको ताल पनि खोल्ने बताए। ‘सडक सुचारु भैसकेको छ, एक दुई दिनमा सबै सफा भईसक्छ,’ प्रजिअ पाण्डेयले भने,‘त्यसपछि पहिरो पन्छाएर झरेको माटोले ताल केही ताल पुरिएला, बाँकी रहेको ताललाई डोजर लगेर खोल्नेछौं।’ तत्कालका लागि कुनै खतरा छैन, तर वर्षासम्म रहन दिँदैनौं,’ उनले भने।

सडक अवरुद्ध हुदाँ गुल्मीको वामीटक्सार हुँदै आगोपार्ने, अर्लाङकोट साँघुरो सडक भएर साना सवारी साधनहरु प्रयोग गरी बाग्लुङको काँडेबास देखी हटियाको सडकलाई वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यताले यात्रुहरुले सास्ती खेप्दै आएका थिए। यो सडक साँघुरो भएकोले ठूला सवारी साधनहरु यस सडकमा सञ्चालन सम्भव थिएन।

 

प्रकाशित: ६ चैत्र २०७३ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App