४ वैशाख २०८१ मंगलबार
समाज

त्रिशुलीमा र्‍याफ्टिङको रमाइलो रमाइलो

धादिङ- त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदि हो। राजधानीसंग नजिक भएकोले पनि यहाँ पर्यटक सजिलै पुग्न सक्छन्। त्रिशुली बचाउ अभियानकर्ताहरुले शनिबार त्रिशुली नदीमा नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा गराए।

जलयात्रामा सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागी भए। त्रिशुली नदिको आदमघाटबाट बेल्खुखोला दोभान, बेल्खुखोला दोभानदेखि मलेखु, चरौदीबाट फिस्लिङको यात्रा र्‍याफ्टिकको लागि सुरक्षित मानिन्छ।

                राजधानी काठमाडौं लगायत सहरका यूवा युवतीहरु मनोरञ्जल लिन यो नदिमा आइपुग्ने गर्दछन्। यो नदि त्रिभुवन विमानस्थलबाट अन्य नदिभन्दा नजिक भएकोले देशका विभिन्न भागबाट यहाँ जलयात्राका लागि आन्तरिक पर्यटक पनि आइपुग्छन्। यसरी आएका पर्यटकलाई खान बस्नका लागि त्रिशुली किनारमा १५ भन्दा बढि रिसोर्टहरु संचालनमा छन् । त्यहि रिसोर्ट संचालकहरुले नै पनि पर्यटकलाई जलयात्रा गराउँदै आएको छ।

प्रकाशित: ६ चैत्र २०७३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App