coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो

लिमा – पेरुमा जारी भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशक यताको भीषण रहेको जनाइएको छ । सो राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी यस वर्षको सुरुदेखि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । 

शनिबार पेरुका प्रधान मन्त्री फेर्नान्डो जभालाले यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ७२ पुगेको पुष्टि गरेका छन् । 

भीषण बर्षापछि यहाँको मौसमलाई हाल ‘कोस्टल निनो’ नाम दिइएको छ । समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ । 

बाढीमा परेर झन्डै ७२ जना व्यक्तिको मृत्यु र अज्ञात सङ्ख्यामा नागरिक घरवारविहीन भएका अधिकारीले जानकारी दिएका छन् । सरकारले देशका १३ क्षेत्रका ७५० नगरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

सन् १९९८ मा पनि पेरुमा यस अवधिका आएको भीषण बर्षालगायतको बाढी पहिरोमा परी ३७४ व्यक्तिको मृत्यु भएको थियो । यस प्रकोपको कारण धेरै क्षति भएको यसलाई नियन्त्रणमा लिने प्रयास भईरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जीन्सकिले बताएका छन् । 

बाढी पहिरोका कारण झन्डै १५ करोड अमेरिकी डलरदेखि ६० करोड डलरसम्म क्षति भएको सरकारले अनुमान गरेको छ । 

लिमामा मार्च २० सम्मका लागि विद्यालय बन्द गरिएको छ भने २७ जिल्लामा पानी वितरणलाई समिति गरिएको छ । यस प्रकृतिक प्रकोपको अवस्थामा पेरुलाई सहयोगको गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिहरुले प्रस्ताव गरेका छन् । रासस /एपी 

प्रकाशित: ६ चैत्र २०७३ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App