७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

पर्सा –  वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आइतबार बिहान उपचारका क्रममा निधन भएको छ । 
लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो । 

श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि उनलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। । 

विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उनी प्रमुखको चुनावमा निर्वाचित भएका थिए । रासस 

प्रकाशित: ६ चैत्र २०७३ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App