७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

लन्डन— वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

शुक्रबार वेलायतको पत्रिका गार्जियनले प्रकाशित गरेको समाचारमा जनाइअनुसार कानुनी अड्चनका कारण आमाको नाम गोप्य राखिएको छ। यो विषयलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।

वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

न् २०१४ मा १२ वर्षकी बालिकाले एक बच्चा जन्माएकी थिइन्। उनी अहिलेसम्म वेलायतकी सबैभन्दा कम उमेरकी आमा रहँदै आएकी छिन्। ती बच्चाका पिता १३ वर्षीय थिए। मातापिता दुवै वेलायती नागरिक थिए। 

युरोप किशोरावस्थामा गर्भवती हुने समस्याबाट ग्रसित छ। पछिल्लो ७० वर्षमा युरोपले यो समस्या समाधानको दिशामा प्रगति गरे पनि त्यो पर्याप्त देखिएको छैन। युरोपेली राज्यहरुले गर्भनिरोधक साधनको प्रयोगबारे जनचेतना तथा गर्भपतनको पहुँच विस्तारमा ठूलो रकम खर्चिरहेका छन्।

वेलायतको राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार गत वर्ष इङ्ल्यान्ड र वेल्समा १९ वर्ष मुनिका २५ हजार ९७७ आमाले बच्चालाई जन्म दिएका थिए। पश्चिम युरोपका देशहरुभन्दा वेलायतको अवस्था राम्रो मानिन्छ।

वेलायत किशोरीको गर्भवती दरमा युरोपभरिमा छैटौं नम्बरमा छ। पश्चिमी युरोपमा अवस्था सबैभन्दा नाजुक रहेको तथ्यांकहरुले देखाएका छन्। रोमानिया, बुल्गेरिया, स्लोभाकिया, हंगेरी तथा माल्टा वेलायतभन्दा अगाडि छन्। 

 

प्रकाशित: ६ चैत्र २०७३ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App