८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

काठमाडौं- संविधान संशोधन नगरिकन स्थानीय चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा चुनाव हुन नदिन  आन्दोलन चर्काउने तयारी गरेको छ। मोर्चाका नेताहरूले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन्। चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष्य पनि सहभागी छन्। शनिबारको बैठकमा बोल्ने अधिकांश नेताले स्थानीय चुनाव हुन नदिन सशक्त आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् । बैठकमा  जिल्ल्ाा अध्यक्षयहरूले पार्टीका केन्द्रीय नेता काठमाडौं छाडेर जिल्ला जानुपर्ने र संसद्बाट राजीनामा दिनुपर्ने सुझाव पनि दिए।

वैशाख १ गतेदेखि कडा आन्दोलन सरू गर्छौं, जसले गर्दा सरकार स्थानीय चुनावको मिति फिर्ता लिन बाध्य होस्- केशव झा, महासचिव, राष्ट्रिय मधेस समाजवादी पार्टी

बैठक आइतबार पनि जारी रहने पार्टी प्रवक्ता सन्तोष मेहताले बताए। 'शनिबारको बैठकमा बोल्ने अधिकांश नेताले यसपटक गर्ने आन्दोलन निर्णायक र सशक्त हुनुपर्ने सुझाव राख्नु भएको छ', मेहताले भने, 'संसद्बाट राजीनामा गरी सश्ाक्त आन्दोलनमा जानुपर्छ भन्ने सुझाव पनि आएको छ।' 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष्य उपेन्द्र यादवले पनि सरकारसँगको वार्तालााई रोकेर आन्दोलनलाई चर्काउने बताएका छन्। उनले अब सरकारसँग वार्तामा नबस्ने पनि बताए। अहिलेसम्मका वार्ता केवल समय विताउनका लागि भइरहेको भन्दै यस्तो वार्तामा अल्भि्करहे आन्दोलनको वातावरण पनि बिग्रिने उनको भनाइ छ।  'सरकारसँग अब वार्ता रोकेर आन्दोलन चर्काउनुपर्छ। वार्ता केवल समय बिताउने माध्यम मात्र भएको छ,' यादवले नागरिकसँग भने।

मोर्चाले चैत १५ सम्म निर्वाचन अवज्ञा आन्दोलन घोषणा गरेको छ। चैत १५ पछि पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा मोर्चाका नेता जुटेका छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले वैशाख १ देखि निकै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा जुटेको बताए। 'वैशाख १ गतेदेखि कडा आन्दोलन सरू गछर्ौं, जसले गर्दा सरकार स्थानीय चुनावको मिति फिर्ता लिन बाध्य होस्,' झाले भने। आन्दोलन चैत ३ देखि नै सुरु भएको उनले बताए।

मधेसी मोर्चामा आबद्ध सातवटै दलले सभामुखलाई चिठी लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराइसकेका छन्। स्रोतका अनुसार स्थानीय चुनाव असफल बनाउन  आन्दोलनका कार्यक्रम कठोर बनाउने तयारीमा उनीहरू जुटेका छन्। चुनाव मितिको केही दिन अघिदेखि अनिश्चितकालीन आमहडताल कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको मोर्चाका एक नेताले बताए।

सरकार भने सहमतिका लागि मोर्चासँग वार्ता जारी राख्ने तयारीमाा छ। सरकार र सत्तासीन दलले मोर्चाका नेताहरूसँग औपाचारिक र अनौपचारिक वार्ता गर्ने भएका छन्। वार्ता र संवाद जारी राख्नुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइमा तमलोपा अध्यक्ष्य महन्थ ठाकुर सकारात्मक भएको सरकारको बुझाइ छ।   सीमांकन रोकेर चुनावअघि नै संविधान संशोधन गर्न सरकारले पटकपटक प्रस्ताव राख्दै आएको छ। संशोधन मिलाउन सरकार र मोर्चा सम्मिलित संयुक्त कार्यदल बनाउन सकिने सरकारी पक्षको भनाइ छ। तर मोर्चाका नेताले भने सीमांकलाई थाती राखे संविधान संशोधन गरेमा त्यो मान्य नहुने बताउँदै आएका छन्।

कानुनमन्त्री अजय शंकर नायकले संवाद र छलफल गर्दै मधेसी मोर्चालाई चुनावमा ल्याउने प्रयास सरकारले गरिरहेको बताए। 'मोर्चासँग संवाद र छलफल जारी राखेका छौं। सकेसम्म उनीहरूलाई चुनावमा ल्याउने प्रयास गरेका छौं,' मन्त्री नायकले भने। मोर्चा चुनावमा आउने विश्वासमा सरकार रहेको उनले बताए। तर सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने संविधान संशोधन नगरीकन मधेसी मोर्चा कुनै पनि अबस्थामा चुनावमा नजाने बताए। 'संविधान संशोधनबिना हामी चुनावमा जान सक्दैनांै,' सुमनले भने, 'सीमांकन रोकेर संविधान संशोधन गर्ने प्रस्ताव हामीलाई मान्य छैन।'

प्रकाशित: ६ चैत्र २०७३ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App