coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरपालिकामा कार्यकारी खटाइए

काठमाडौं- सरकारले संघीय संरचना अनुसार बनेका नयाँ नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी अधिकृत खटाएको हो।

पुनःसंरचना अनुसार बनेका १३ उपमहानगर र २ सय ४६ नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका र नगरपालिकाको कार्यकारी अधिकृतमा उपसचिव सरहका कर्मचारीलाई खटाइएको छ।

नगरपालिका र उपमहानगरपालिकामा खटाइएका कार्यकारी अधिकृतले आइतबारदेखि काम सुरु गर्ने मन्त्रालयले जनाएको छ। ती कर्मचारीलाई स्थानीय तह निर्वाचन तयारी र व्यवस्थापनमा सहयोग गर्न खटिएको ठाउँमा हाजिर हुन मन्त्रालयले निर्देशन गरिसकेको छ।

मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका लागि यसअघि नै कार्यकारी अधिकृत खटाइसकेको छ। शाखा अधिकृत सरहका कर्मचारीलाई गाउँपालिकाको नेतृत्व दिइएको हो। पुनःसंरचनापछि यसअघिका गाविस वडामा परिणत भइसकेका छन्। गाविस सचिवले नै वडासचिवको रुपमा काम सम्हालेका छन्।  नयाँ संरचना अनुसार ६ हजार ६ सय ८० वडा भएका छन्। यसअघि गाविसबाट लिइआएको सेवा अव वडाबाट लिने व्यवस्था गरिएको छ।

प्रकाशित: ६ चैत्र २०७३ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App