८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल र भारतबीच विश्वासको संकट : पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल र भारतबीच अहिले विश्वासको संकट देखिएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको सातांै स्मृति दिवसको पूर्वसन्ध्यामा जिपी कोइराला फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित 'नेपाल-इन्डिया कनेक्टिभिटी : अपर्चुनिटिज फर होलिस्टिक डेभलपमेन्ट' विषयक कार्यक्रममा नेता पौडेलले आपसी विश्वासले मात्र दुई देशको हित हुनेमा जोड दिए।

शान्ति, स्थायित्व, विकास र समृद्धिका लागि दुई देशबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै उनले भने, 'नेपाल अशान्त हुँदा भारत पनि शान्त हुन सक्दैन। भारत अशान्त भयो भने नेपालले धान्नै सक्दैन। हामीले नेपाल र भारत सम्बन्धमा चौंडा छातीले सोच्नुपर्छ, दुरदर्शी बनेर नसोचे दुबै देशले दुःख पाउँछौं।'

 

प्रकाशित: ६ चैत्र २०७३ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App