जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिएको छ : अध्यक्ष थापा

शनिबार, ०५ चैत २०७३, १६ : ४३ नागरिक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो । 

शनिबार आयोजित चुनाव चिन्ह सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने भने । 

कानुनको अधिनमा रही राजनीतिक दल गठन तथा फरक विचारधारालाई विभिन्न कार्यक्रमका रुपमा प्रचार गर्ने, जनतासमक्ष लैजाने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले भने–“पार्टीको वैचारिक सैद्धान्तिक मान्यतालाई प्रभावित बनाउने गरी निर्वाचन आयोगले पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गर्ने निर्णय गरेको छ, यो सञ्चाइनुपर्छ ।” 

उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भने–“निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय चुनावको वातावरण धमिलिनसक्छ, पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन ।” 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी कुनै पनि संस्थाले निर्णय गर्ननसक्ने बताउँदै निर्वाचन आयोगलाई निर्णय सञ्चाउन आग्रह गरे । 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले संविधानका कतिपय व्यवस्थामा फरक मत राखेको भए तापनि नेपालको संविधान र प्रचलित कानुनको पालना र कार्यान्वनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको छ भने । रासस 





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad