coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

कोहलपुर- नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ। नेपालगन्ज गुलरीया सडक खण्डको सोनपुरमा प्रहरीसंगको झडपमा घाईते सोनपुर ८ का ७४ बर्षीय जमील भाटको मृत्यु भएको हो।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार विहान मुत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजको आइसीयु उपचार गराउँदा गराउदै उनको मृत्यु भएको छ। चैत्र १ गते एमाले मेची महाकाली अभियानका बेला प्रहरीसँग भएको झडपमा परि उनी गम्भीर घाइेते भएका थिए । यता मधेसी मोर्चाले प्रहरीको कुटाईबाट भाटको मृत्यु भएको भन्दै घटनाको छानविनको माग गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री पशुपतीदयाल मिश्रले सरकारले पीडित परिवारलाई तुरुन्त क्षतिपूर्ति ब्यवस्था , छानविन गरी दोषीलाई कारबाहीको माग गरे।

          झडपमा सोनपुर ८ का जमील भाँट लगाएत फारुख नाउ, इरफान साई, असलम भाट, रहमत उल्लाह, समीर खान, जब्बार भाट, मुश्ताक अलि शाह, मतीन खान सहित दर्जनौ घाईते भएका थिए।

 

प्रकाशित: ५ चैत्र २०७३ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App