६ वैशाख २०८१ बिहीबार
अन्य

कमजोर

एन्टोन चेखभ

मेरा केटाकेटी पढाउने युलिमा भार्सियेभ्जाको हिसाबकिताब गर्न चाहन्थेँ।

'बस्नोस्, युलिमा,' मैले उनीसित भनेँ, 'तिम्रो हिसाब चुक्ता गर्नुपर्‍यो। अँ, हाम्रो छिनोफानो के भएको थियो भने तिम्लाई महिनाको तीस रुबल दिइनेछ, हैन त?'

'होइन, चालीसको कुरा भएको थियो।'

'कहाँ हुनु? तीसको कुरा भएको थियो। तिमी हामीकहाँ दुई महिना बस्यौ!'

'दुई महिना पाँच दिन।'

'धिक्कार छ! मैले तिमीलाई धोका दिएको तिमीले देखिनौ? मैले तिम्रो मेहनतको पैसा कसरी उडाएँ देखिनौ? र, पनि तिमी धन्यवाद भनिरहेकी छ्यौ! अरे...मैले त तिमीलाई जाँचेको पो त! म तिमीलाई अस्सी रुबल दिन्छु। यो लेऊ पूरै पैसा!'

'पूरै दुई महिना। यी दुई महिनामा पर्ने दुई आइतबार(साप्ताहिक बिदा) घटाऊ। आइतबारको दिन तिम्रो काम पढाउने हुन्थेन, मात्र कोल्या(छोरो)लाई घुमाउन लैजान्थ्यौ र अर्को तीन दिन बिदा त तिमीले लियौ... नौ र तीन भयो बाह्र। यो हिसाबले १२ रुबल कम भयो। कोल्या चार दिन बिरामी पर्‍यो, ती चार दिन तिमीले पढाइनौ। भान्यालाई मात्र पढायौ र अर्को चार दिन तिम्रो दाँत दुख्यो। त्यो बेला मेरी पत्नीले तिमीलाई छुट्टी दिएकी थिइन्। बाह्र र सात, भयो उन्नाइस। ती सबैलाई घटायो भने, बाँकी रह्यो... अँ एक्चालीस रुबल। ठीक छ हैन त?'

युलियाको आँखामा आँशु डबडबायो।

'तिमीले त कप–प्लेट पनि फुटायौ। दुई रुबल त्यसको घटाऊ। तिम्रो लापरबाहीले कोल्या रुख चढ्दा कोट नै फटाउन पुग्यो। त्यसको दस रुबल। फेरि पनि तिम्रो लापरबाहीका कारण घरको काम सघाउने त्यो नोकर्नी भान्याले मूल्यवान बुट चोरेर भागी। पाँच रुबल त्यो पनि घट्यो... दस जनवरीको दिन तिमीले दस रुबल सापट मागेकी थियौ। एक्चालीसमा सत्ताइस घटाऊ। बाँकी भयो चौध।'

युलियाको आँखामा आँशु अटेसमटेस भएर आयो। अवरुद्ध गला बनाउँदै उसले भनी, 'मैले एक पटक मात्र तपाईंकी पत्नीसँग तीन रुबल लिएकी थिएँ...!'

'ए! त्यो त मैले लेखेकै रै'नछु। त्यो चौधमा तीन घटाऊ। अब बच्यो एघार। ल, यो राख तिम्रो तलब। दस रुबल... र यो एक रुबल। जम्माजम्मी एघार रुबल।'

'धन्यवाद,' युलियाले सुस्तरी भनी।

'धन्यवाद किन भनेकी?' मैले सोधेँ, 'यसमा धन्यवाद भन्नुपर्ने कुनै कुरा थिएन नि!'

'पैसाका लागि धन्यवाद भनेकी!'

'धिक्कार छ! मैले तिमीलाई धोका दिएको तिमीले देखिनौ? मैले तिम्रो मेहनतको पैसा कसरी उडाएँ देखिनौ? र, पनि तिमी धन्यवाद भनिरहेकी छ्यौ! अरे... मैले त तिमीलाई जाँचेको पो त! म तिमीलाई अस्सी रुबल दिन्छु। यो लेऊ पूरै पैसा!'

'धन्यवाद।'

उसले फेरि एक पटक धन्यवाद भनी। म उसलाई हेर्दै सोच्न थालेँ, यो पूरै जगत्मा शक्तिशाली हुन कति सजिलो छ!

प्रकाशित: ५ चैत्र २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App