८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डो जब रुँदै मैदान बाहिर निस्किए...

फ्रान्समा जारी युरो कप २०१६ को फाइनलको २१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो घुडाको चोटका कारण रुँदै मैदान छाड्न बाध्य भए। खेलको ९औं मिनेटमा फ्रान्सका डिमिटि्र प्यटसँग जुध्दा रोनाल्डो घाइते भएका थिए। दुई पटक मैदान बाहिर गएर प्राथमिक उपचार गरेपनि उनको चोट कम भएन। उनको घुडा सुन्निएको थियो।

उनी घुडामा ब्यान्डेज बाँधेर मैदान प्रवेश गरेका थिए। तर उनी खेलको २१औं मिनेटमा कप्तानको आर्म ब्यान्ड फुकाल्दै मैदानमा फालेका थिए। उनको स्थानमा रिकार्डो कारिज्मा मैदानमा प्रवेश गरेका थिए भने उनले नानीलाई कप्तानको ब्यान्ड थमाएका थिए। रोनाल्डो रुँदै मैदानबाट बाहिर निस्किएका थिए।

प्रकाशित: २७ असार २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App