coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रिय टिममा अनिल असफल

काठमाडौं- एएफसी एसिया कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध हुने खेलका लागि शुक्रबार २० सदस्यीय राष्ट्रिय टोली छनोट गर्दा नियमित कप्तान अनिल गुरुङ नेपालको टोलीमा नियमितता दिन असफल भएका छन्। कप्तान अनिलसँगैं सुमन लामा, देवेन्द्र तामाङ, एलेन न्यौपाने, राजेन्द्र रावल, मानबहादुर तामाङ र विमल बस्नेत पनि टोलीमा स्थान सुरक्षित गर्न सफल भएनन्। नेपालले फिलिपिन्सको रिजाल मेमोरियल रंगशालमा चैत १५ गते घरेलु टोलीसँग खेल्दै एएफसी एसिया कप छनोटको सुरुआत गर्नेछ।

तीन गोलकिपर विकेश कुथु, किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, रक्षक रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की टिममा परेका छन्। मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ छानिँदा स्ट्राइकरमा विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र किरण लिम्बु परेका छन। चोटका कारण स्टार स्ट्राइकर नवयुग श्रेष्ठ पनि टोलीमा छैनन।

यसैगरी एएफसी यु–२३ छनोट प्रतियोगितामा नेपाल समूह 'डी' मा परेको छ।

प्रतियोगिताको लागि शुक्रबार सार्वजनिक गरिएको खेल तालिकामा नेपालसँगैं लेबनान, उज्वेकिस्तान र युएईले समूह 'डी'मा एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन।

युएईमा हुने प्रतियोगिताको लागि ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली छन्। समूह विजेता र ५ उत्कृष्ट उपविजेता टोली अर्को वर्ष हुने प्रतियोगिताको लागि छनोट हुनेछन्। छनोट प्रतियोगिता जुलाई १९ देखी २३ सम्म हुनेछ। समूह 'डी' को छनोट खेल युएईमा हुनेछ। आयोजक चीन सोझै प्रतियोगिताको लागि छनोट भइसकेको छ।

प्रकाशित: ५ चैत्र २०७३ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App