७ वैशाख २०८१ शुक्रबार
खेल

डिपिएललाई गोल्डस्टारको साथ

काठमाडौं- सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) लाई गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरण सुज म्यानुफ्याक्चरले सहप्रायोजन गर्ने भएको छ। पहिलो पटक राष्ट्रिय स्तरमा खेलाडीको अक्सन (बोलकबोल) गरेर हुन लागेको डिपिएल चैत २७ देखी वैशाख ९ गते सम्म धनडढीमा हुनेछ।

शुक्रबार किरण सुजका निर्देशक विदुसी राणा र धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष सुवास शाहीले सह प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे। सहप्रायोजन वापत किरण सुजले आयोजक डिसिएलाई ५ लाख रुपैयाँ प्रदान गर्नेछ।

निर्देशक राणाले खेलकुद प्रतियोगितासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन। उनले भनिन, 'गोल्डस्टार सुज नेपालको लोकप्रिय ब्रान्ड हो। यसअघि हामीलाई ब्रान्डको प्रचार गर्नु पर्छ भन्ने नै लागेको थिएन। गोल्डस्टार ग्रामिण क्षेत्रमा पनि लोकप्रिय छ। खेलाडीले पनि प्रयोग गरेको थाहा पाएपछि हामी खेलकुदसँग जोडिएका हौं।'

राणाले खेलाडीलाई लक्षित गरेर जुत्ता उत्पादन गरिरहेको बताइन।

चैतको पहिलो साता देखी हुने भनिए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी व्यस्त हुने भएकोले आयोजकले डिपिएल २२ दिन सार्ने निर्णय गरेको हो।

डिसिएका अध्यक्ष शाहीले नेपालको लोकप्रिय ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले भने, 'हामी खुसी छौं। डिपिएललाई एउटा स्थानीय मःमः पसल देखी नेपालको प्रतिष्ठित ब्रान्डले प्रायोजन गरेका छन्।' 

प्रकाशित: ५ चैत्र २०७३ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App