८ वैशाख २०८१ शनिबार
समाज

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

काठमाडौं— साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

तीन भन्सार कर्मचारीसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। थुनामा जाने तस्कर समूहका सदस्यहरुमा गोपाल शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले र राजकुमार कार्की छन्। भन्सार कर्मचारीहरु राजकुमार ढकाल, श्रीनारायण यादब र श्यामकृष्ण श्रेष्ठलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सहश्रेष्तेदार टीकासिंह खत्रीले जानकारी दिए।

पुस २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको ३३.५७ केजी सुन पिङ्गलास्थानमा बरामद गरेको थियो।

 

प्रकाशित: ४ चैत्र २०७३ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App