मेरो इटालियन राइफल डेढ लाख रुपैयाँको मात्रै होः प्रधानमन्त्री पुत्र

शुक्रबार, ०४ चैत २०७३, २० : ०७ नागरिक

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।

अाफूले किनेको २२ बोरको बन्दूक एक लाख ५० हजार रुपैयाँ मूल्यको भएको उनले दाबी गरेका छन्।  'मैले लिएको बाइस बोर १५ लाखको होइन, एक लाख पचास हजार बराबरको हो। यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु', शुक्रबार फेसबुक पेजमार्फत् उनले भनेका छन्।

हो मैले बाइस बोर लिएको कुरा साँचो हो', उनले भनेका छन्। गृह मन्त्रालयको सिफारिशमा प्रधानमन्त्री पुत्रले २२ बोरको बन्दूक र २ सय गोली राख्ने अनुमति लिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिवसमेत रहेका प्रकाश सधैँ विशिष्ट सुरक्षाघेरामा रहने गर्छन्।

अाफूले किनेको २२ बोरको बन्दूक एक लाख ५० हजार रुपैयाँ मूल्यको भएको उनले दाबी गरेका छन्।  'मैले लिएको बाइस बोर १५ लाखको होइन, एक लाख पचास हजार बराबरको हो। यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु', शुक्रबार फेसबुक पेजमार्फत् उनले भनेका छन्।

निश्चित कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाउने अधिकार सबैको भएको भन्दै उनले त्यही कानुनी प्रक्रिया पुरा गरेर आफूले बाइस बोर लिएको बताएका छन्। 'नेपालको कानुन अनुसार प्रक्रियासंगत रुपमा हतियार राखेको कुरालाई अतिरन्जित गर्न आवश्यक छैन', उनले भनेका छन्।

प्रधानमन्त्री पुत्रले सयौंको संख्यामा बरिष्ठ पत्रकारले पनि कानुनअनुसार हतियार राखेको दाबी गरेका छन्। आफूले हतियार राखेको विषयलाई सञ्चार माध्यमले अतिरञ्जित गरेको आरोप उनले लगाएका छन्।

साकार दाहालको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हतियार राख्ने अनुमति दिएको थियो। साकार प्रकाश दाहालको नागरिकतामा भएको नाम हो। डेढ वर्षअघि दिएको निवेदनमा सुनुवाई गर्दै फागुन २६ गते जिल्ला प्रशासनले उनलाई राइफल राख्ने अनुमति दिएको थियो।

दाहालले गत पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा हतियारका लागि निवेदन दिएका थिए।

प्रकाश दाहालको फेसबुक स्ट्याटस








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad