coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

वासिङटन – जर्मनीकी चान्सलर एन्जेला मर्केसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्दै अमेरिकामा स्वागत गरेका छन् ।
 मर्केस गत सोमबार नै अमेरिका भ्रमणम जाने भनिएकोमा अमेरिकामा आएको विशाल हिम आँधीका कारण राष्ट्रपति ट्रम्पले नै उनको भ्रमण रद्द गर्नका लागि अनुरोध गरेका थिए ।
ट्रम्पले मर्केसलाई स्वागत गर्ने क्रममा जर्मनी एक विशाल र आर्थिक रुपमा सम्पन्न राज्य रहेको सहर्ष स्वीकारे भने दुई शक्तिशाली विश्व अमेरिका र जर्मनी बीच औपचारिक भेटवार्ता हुन पाएकोमा खुसी व्यक्त गरे । उनले यो भेटवार्ता दुवै पक्षका लागि फाइदाजनक भएको बताएका छन् । उनले जर्मनीको सुरक्षा व्यवस्थामा चासो देखाउँदै शरणार्थीहरूलाई आश्रय दिएर जर्मनीले देश र जनताको हित विरुद्वको कार्य भनेका छन् ।
एन्जेला मर्केसले ट्रम्पले जर्मनीको राष्ट्रिय सुरक्षा प्रत्ति देखाएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको भनी ह्वाइट हाउसका प्रवत्ताले जनाएका छन् ।

प्रकाशित: ४ चैत्र २०७३ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App