७ वैशाख २०८१ शुक्रबार
कला

बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

विद्या बालनसँग पाण्डे

काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्।

'बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ', पाण्डेले नागरिकन्युजसँग भने, 'बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।'

याँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँगै नयाँ दिल्लीमा रहेका पाण्डेले बलिउड निर्देशक तथा निर्माता महेश भट्ट तथा कलाकार विद्या बालनसँग भेट गरेका हुन्।

'बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ', पाण्डेले नागरिकन्युजसँग भने, 'बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।'

नेपाल र भारतका फिल्मकर्मीबीचको सहयकार्य गर्न आफूले प्रस्ताव राखेको उनले बताए। 'मेरो प्रस्तावमा उहाँहरु दुवै (निर्देशक निर्माता भट्ट तथा कलाकार विद्या बालन) सहमत हुनु भयो।'

बलिउड विश्वकै ठूला फिल्म उद्योगमध्ये एक हो। नेपाल हिन्दी फिल्मको ठूलो बजार रहे पनि यहाँ बलिउड फिल्म सुटिङ एकादुई मात्र सुटिङ भएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App