coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कास्कीमा एचआइभी सङ्क्रमितको सङ्ख्या वृद्धि

पोखरा – एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी/एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् । गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत व्यक्ति ढकालले बताए । 

अवैध यौन सम्बन्धले भन्दापनि लागु औषध सेवन गर्ने सुईबाट बढी युवा एचआइभी सङ्क्रमित भएको उनले बताए । अठार वर्ष भन्दा मुनिका ५३ जना एचआइभी सङ्क्रमितलाई सरकारले मासिक एक हजार भत्ता उपलब्ध गराइरहेको छ । रासस 
 

प्रकाशित: ४ चैत्र २०७३ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App