७ वैशाख २०८१ शुक्रबार
खेल

एफसी एसियन कपको टोलीमा अनिल गुरुङ परेनन्

काठमाडौं- नेपाली राष्ट्रिय फुटवल टिमका नियमित कप्तन अनिल गुरुङ आसन्न एफसी एसियन कप क्वालिफायर्स खेलका लागि घोषित टोलीमा अटाउन सकेनन्।  

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटोकु कोजीले घोषणा गरेको २० सदस्यीय राष्ट्रिय टोलीमा जितेन्द्र कार्की, रोहित चन्द र कर्ण लिम्बुले पुनरागमन गरेका छन्।

यस अघिको प्रारम्भिक टोलीमा रहेका सुमन लामा, देवेन्द्र तामाङ, राजेन्द्र रावल, मानबहादुर गुरुङ र विमल बस्नेत अन्तिम २० मा परेनन्।

घोषित टोलीमा गोलकिपर विकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ रहेका छन्। यस्तै डिफेन्डर रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की छन्। मिडफिल्डरमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ रहेका छन्। फर्वाडमा विमल घर्तिमगर, रन्जन विष्ट, भरत खवास, कर्ण लिम्बु समावेश छन्।

नेपालले मार्च २८ मा फिलिपिन्ससँग खेल्दै एफसी एसियन कपको छनोट चरणको सुरुवात गर्ने छ।

प्रकाशित: ४ चैत्र २०७३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App