७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

खोस्त प्रान्तमा बम विस्फोट दुईको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

यस आक्रमणमा परी आक्रमणकारी स्वयम र अन्य एक सैनिक अधिकारीको व्यक्तिको मृत्यु भएको सो स्रोतले जानकारी दिएको छ । 

उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रको सैनिक शिवर अगाडि भएको यस बम आक्रमण स्थानीय समयाअनुसार शुक्रबार बिहान ०७ बजे भएको जनाइएको छ । 

यस आक्रमणमा परी एक अफगान सैनिकले ज्यान गुमाउनु साथै अन्य सात जना घाइते भएका सैनिक अधिकारी अब्दुल्ललाहले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । 

यस विस्फोटमा आक्रमणकारी स्वयमको मृत्यु भएको जनाइएता पनि यस विस्तृत विवरण भने जानकारी दिइएको छैन् । यस आक्रमणको अनुसन्धान भइरहेको सम्बन्धित अधिकारीले जानकारी दिएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: ४ चैत्र २०७३ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App