coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्ती पाइले रोग विरुद्ध कञ्चनपुरमा अभियान

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउन तीन दिने अभियान संचालन गरिने भएको छ । 
राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले चैत ५ गतेदेखि जिल्लाभरीमा अभियान गर्न लागेको छ । जिल्लामा पाँचौं चरण अन्तरगत यसवर्ष पनि औषधी खुवाइन लागेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव दत्त भट्टले जानकारी गराए ।
हात्ती पाइले रोग विरुद्धको औषधी खुवाउन थाल्नु अघि कञ्चनपुर जिल्लामा रोगबाट प्रभावित हुनेको संख्या देशभरीमैं उच्च थियो । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टका अनुसार देशभरीका ६१ जिल्ला हात्ती पाइले रोगबाट प्रभावित छन् । पाँच वर्षअघि देशभरी रोगबाट प्रभावित हुनेको संख्या कुल जनसंख्याको १३ प्रतिशत थियो भने कञ्चनपुरमा २० प्रतिशत प्रभावित थिए । दुई पहाडी र १२ हिमाली जिल्लामा यस रोगको प्रभाव नरहेको पाइएको छ ।
अहिले देशका ३१ जिल्लामा यो अभियान चलिरहेको छ । सन् २०२० सम्म यस रोगको निवारण गर्ने संकल्पसहित अभियान थालिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पाँचौ चरण सकिएपछि आर्को बर्ष अन्तिम पटक हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टका अनुसार छैठौं पटकको अभियानपछि सर्वे गरेर जिल्लामा यस रोगबाट प्रभावितको संख्या निकालिने छ । उनले यसअघि हात्ती पाइले रोग विरुद्धको औषधी खाइसकेका व्यक्तिले यस पटक पनि अनिवार्य रुपमा औषधी सेवन गर्नु पर्ने बताए ।
रोग फैलनबाट रोक्न र बिरामीको संख्या कम गर्ने यले अभियान थालिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले बताए । जिल्लाभरीका स्वास्थ्य संस्था र तोकिएका ठाउँमा निःशुल्क रुपमा औषधी खुवाइने हुँदा सबैलाई सेवन गरिदिन उनले अपिल समेत गरेका छन् ।  
जिल्लामा पौने पाँच लाख बढी जनालाई औषधी खुवाउनु पर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । जसकालागि दुई सय ३५ स्वास्थ्यकर्मी र दुई हजार २८ स्वयम्सेवक परिचालन गरिने छन् । गत बर्ष जिल्लाका ७५ प्रतिशतले मात्र औषधी खाएका थिए ।
 

प्रकाशित: ४ चैत्र २०७३ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App