coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवा नाकाबाट सात किलो सुन बरामद

नुवाकोट – चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बरामद गरेको हो । 
भन्सार प्रमुख केदार पनेरु केही दिनयता बिदामा छन् । पनेरु नरहेको मौका छोपेर गैरेले सहजै सुन नाका पार गर्न सकिन्छ भन्ने दुस्साहस लिएर केरुङबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा सिमा सुरक्षा चौकी टिमुरेले रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा भेटिएको थियो । 
स्याङ्जा घर भई हाल रसुवा जिल्ला लहरेपौवा–६ को बासिन्दा बताउने प्रकाश गैरेले जिपमा राखेर सुन आउन लागेको सूचना प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई आएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक घ्रुव सिलुवालका अनुसार सोही आधारमा सुन जस्तो देखिने अन्दाजी ७ किलो पँहेलो धातु बरामद गरिएको जानकारी दिए । ‘सुनचाँदी व्यवसायीले जाँचेपछि मात्रै सुन हो वा होइन थाहा हुन्छ, उनले भने, ‘पहेँलो छ भन्दैमा अहिले नै सुन हो कसरी भन्न सक्छौँ ।’ उनले यसवारेमा भोली पत्रकार सम्मेलन गरी थप जानकारी दिने बताए । बरामद गरिएको उक्त अबैध सुनजस्तो वस्तु चीनबाट  रसुवागढी नाका हुँदै काठमाण्डौ तर्फ लैजाँदै गर्दा प्रहरीले बरामद गरेको हो । गैरे केरुङमा होटल व्यवसाय गर्दै आएको खुलेको छ । सुनको प्रमाणीकरण र गाडीमा रहेका अन्य दुई जनाको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

चार महिनाअघि पनि ६ केजी सुन सहित रसुवा टिमुरे–५ का २५ वर्षका कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे । शरिरमा सुनका पाता बाँधेर आइतवार चीनको केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमानाका रसुवागढीबाट शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । 
नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भईरहेको रसुवागढी नाका हुँदै पछिल्लो समय तस्करी हुने सामानमा पनि विषेश गरी सुन तस्करी हुने क्रम बढ्न थालेको हो । तस्करी कार्यमा पनि विषेश गरी रसुवाकै नागरिकहरु संलग्न हुने गरेको यसअघि सुन तथा अन्य अवैध सामानसहित समातिएका घटनाहरूले देखाएको छ ।

प्रकाशित: ४ चैत्र २०७३ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App