४ वैशाख २०८१ मंगलबार
समाज

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

बाजुरा– उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताए। 

घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ । घाइते भएका दुवै दिदीभाइलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी र स्थानीयवासीको सक्रियतामा ल्याइएको निमित्त प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिएका छन्। घरको पूर्व भित्तामा चट्याङ परेर घटना भएको बताइएको छ ।

प्रकाशित: ४ चैत्र २०७३ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App