७ वैशाख २०८१ शुक्रबार
अर्थ

वर्षमा दुई पटक भन्दा बढी ब्याजदर परिवर्तन गर्न नपाइने

काठमाडौं- एक महिना नपुग्दै कर्जाको ब्याज बढाउने बैंकहरुले अब भने वर्षमा दुईपल्ट भन्दा बढी ब्याजदर बढाउन नपाउने भएका छन्। यसलाई कडाइका साथ कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले बारम्बार कर्जाको ब्याजदर बढाउँदा समस्या भोग्नु परेको भन्दै व्यवसायीले केन्द्रीय बैंकसमक्ष गुनासो गरेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।

निक्षेपको ब्याजदर बढेका कारण कर्जाको ब्याजदर बढाउनुपरेको भन्दै बैंकरहरुले धमाधम कर्जाको ब्याज बढाएर त्यसको जनाकारी पछिमात्र ऋणीलाई फोनबाट दिन थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई मनपरी ब्याज बढाउन अकंुश लगाउँदै यस्तो कसिलो नीति ल्याउन लागेको हो।

लगानीयोग्य पुँजी अभाव भएको भन्दै छोटो समयको मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सानी हुने भन्दै एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाउन थालेपछि व्यवसायीले समस्या भोग्नु परेको थियो। बैंकहरुले कर्जाको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुर्‍याएका छन्। उक्त व्यवस्था लागु भएपछि बैंकहरुले ब्याजदर परिवर्तन हुने मिति व्यवसायीलाईलाई पहिल्यै जानकारी गराउनुपर्ने छ।

प्रकाशित: ४ चैत्र २०७३ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App