६ वैशाख २०८१ बिहीबार
अर्थ

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण हुने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियस्तरको पूर्वाधारयुक्त प्रदर्शनी केन्› निर्माण गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजनामा गरेको छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै दाहालले प्रदर्शनीस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउने बताए।

प्रधानमन्त्री दाहालले राजनीतिक स्थिरता, निजी व्यवसायी र सरकारबीचको सहकार्यका लागि सकारात्मक वातावरण बनाउने समेत प्रतिबद्धता गरे। मेलाले नेपालमा उत्पादन हुने वस्तुको विश्व बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको धारणा थियो।

महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रदर्शनीका लागि सुविधायुक्त पूर्वाधार नभएकै कारण विदेशी व्यवसायीलाई फर्काउनु परेको बताए। 'अन्तर्राष्ट्रिय व्यापार मेला अन्तर्राष्ट्रिय रुपमा व्यावसायिक सम्बन्ध विस्तार, सम्झौता, व्यावसायिक प्रवर्द्धन गर्ने प्लेटफर्म हुनेछ,' उनले भने। 

 हाल मुलुकको अर्थतन्त्र उत्साहजनक नभए पनि व्यावसायिक वातावरण सिर्जना भएकाले औद्योगिक ऐन परिवर्तनले व्यवसायीलाई उत्साह थपेको उनले बताए। 'विगतमा जकडिएर रहेको लोडसेडिङ अन्त्य भएको छ, जसका कारण स्वदेशी एवं विदेशी लगानीको ढोका खुलेको छ,' उनले भने।

 गत महिना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनले पनि लगानीकर्तामा उत्साह जगाएको भन्दै उनले नेपालमा धेरै सम्भावना रहे पनि सदुपयोग गर्न नसकेका उल्लेख गरे। यी सबै सम्भावना सदुपयोग हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड लगायत देशका कम्पनीको सहभागिता रहेको मेलामा ५ लाख अवलोकनर्ता आउने र २० करोड रुपैयाँ बढीको कारोबार हुने आयोजकले जनाएको छ। मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवा, हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका ३ सय ४० स्टल छन्। महासंघको कृषि उद्यम केन्›अन्तर्गतको हिमाली आयोजनाका ७० स्टलमार्फत कृषि उत्पादन प्रदर्शनी गरिएको छ।

कृषिजन्य आधुनिक मेसिनमा अवलोकनकर्ताहरुको भीड थियो। सिचुवान वानम मेसिनरी म्यानिफ्याक्चरिङ लिमिटेडले किसानका लागि विभिन्न मेसिन प्रदर्शनी तथा बिक्रीमा राखेको छ। कृषिजन्य उत्पादित अन्न पिन्नका प्रयोग हुने मेसिन २२ हजारदेखि माथिको मेसिन प्रदर्शनीमा राखेका छन् मेलामा चिनियाँ स्टलको वर्चश्व रहेका कारण विभिन्न ब्रान्डका आधुनिक मेसिन राखेका छन्। चिनियाँ कम्पनीका विभिन्न आधुनिक तथा विद्युतीय सामग्री प्रदर्शनीमा छन्।

यस्तै विभिन्न देशका कपडा, मेसिन, उत्पादन, खाद्यजन्य वस्तु प्रदर्शनीमा छन्। कृषिजन्य उत्पादनमा भने अर्गानिक उत्पादन, चिज, नौनी घ्यु, छुर्पीजस्ता उत्पादन आकर्षणको स्टल बनेका छन्। विभिन्न ठाउँमा भेडाको ऊनबाट बनेका कपडा, कार्पेट, नेपाली कागजको स्टल, भीरमौरीको महजस्ता स्टलमा अवलोनकर्ता बढी देखिन्छन्। छेटौं अन्तर्राष्ट्रिय व्यापार मेला चैत ७ गतेसम्म चल्ने छ।

नेपालमा मेला महोत्सव निकै नै हुने भए पनि वार्षिक क्यालेन्डरका रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुन नसकिरहेका बेला ६ वर्षअघि महासंघले नेपालभित्रै वर्षेनि एक अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्ने लक्ष्यका साथ मेला सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय व्यापार मेलाको आकर्षण बढ्दै गएको भन्दै आयोजकले यस वर्ष नेपालका हस्तकला, जडीबुटी, उच्च हिमाली भेगमा उत्पादन हुने कृषि बाली मेलाको मुख्य आकर्षणको रुपमा रहने जनाएको छ। यस वर्षको मेलामा जब फेयर अर्को महत्वपूर्ण आकर्षण हो। श्रम मन्त्रालय, रोजगार सूचना केन्द्र, अन्तर्राष्ट्रिय श्रम संगठनको लाइफ प्रोजेक्टको सहयोगमा रहने उक्त जब फेयर प्लेटफर्म मार्फत रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एकै ठाउ“मा भेला गराई रोजगारसम्बन्धी जानकारी दिइनुका साथै कामको खोजीमा रहेकालाई सहजीकरणको पहल समेत हुने विश्वास आयोजकले लिएको छ।

उद्घाटनमा महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले राजनीतिलाई अर्थतन्त्रको पछाडि राखेर अगाडि बढ्नुपर्ने बेला आइसकेको बताइन्।  'अब राजनीति होइन अर्थतन्त्र र आर्थिक विकास भन्ने देशैभरि फैलाउनुपर्ने बेला भएको छ,' उनले भनिन्।

मुलुकले हासिल गरेको राजनीतिक उपलब्धीलाई सांच्चिकै संस्थागत गर्ने हो भने अब निजी क्षेत्रलाई फस्टाउने मौका दिनैपर्छ भन्दै निजी क्षेत्र राम्रोसँग फस्टाउने मौका पायो भने मात्र राजनीतिक उपलब्धी संस्थागत हुने उनले बताइन्।

प्रकाशित: ४ चैत्र २०७३ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App