७ वैशाख २०८१ शुक्रबार
कला

सुरु भयो मानवअधिकार फिल्म महोत्सव

काठमाडौं – मानव अधिकारका विषयमा केन्द्रित फिल्महरुलाई प्राथमिकता दिदैं मानवअधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  ‘मेरो पनि अधिकार छ’  भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे ।

‘फिल्मको माध्यमबाट कथा प्रस्तुत गर्दा एकदम प्रभावकारी हुन्छ । शान्ति, द्धन्द्ध, महिला र बसाई सराई लगायत विषयवस्तु मानव अधिकारभित्र पर्ने गर्छ । नेपालको सन्दर्भमा दाइजो प्रथादेखि छाउपडी लगायत प्रथाहरु कायम छन् । यसको न्यूनीकरणको लागि फिल्म महत्वपूर्ण विधा हुन्,’ मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले भने । महोत्सवको यो पाँचौ संस्करण हो ।

महोत्सवको उदघाटनसँगै सुदुरपश्चिमको प्रचलित युवतीहरूलाई मन्दिरमा चढाउने प्रथामा आधारित पत्रकार देवकी बिष्टको ‘इन सर्च अफ देवकी’ नामक फिल्म प्रदर्शन गरियो । ‘सुदुरपश्चिममा अहिलेपनि प्रचलित रहेको देवकी  प्रथाबारे जानकारी गराउने फिल्म तयार गरेको हुँ,’ निर्देशक बिष्टले भनिन् । बिहीबार ‘ बटरफाइज्’, ‘हाउस’, ‘द गुड्स’, ‘आना’, ‘द बक्स’ र ‘द स्याड मोङ्क’ लगायत फिल्महरू प्रदर्शन भएका थिए । 

‘महिला, बालबालिका र शरणार्थी लगायत विभिन्न विषयमा बनेका छोटा लामो फिल्महरू महोत्वसमा प्रदर्शन हुनेछन् । यसपटक ३८ देशका एक सय १ वटा फिल्महरू प्रदर्शन हुँदैछ,’ महोत्सव निर्देशक पाण्डव खत्रीले भने । महोत्सवको आयोजना मानव अधिकार फिल्म सेन्टरले गरेको हो । निर्देशक तुलसी घिमिरे, भारतीय निर्देशक कासरावल्ली र बंगलादेशका फिल्म महोत्सव आयोजक अमेद मुज्ताब जामल र डच फिल्म निर्माता क्लेमेन्टाइन इड्रिभनले महोत्सवको निर्णायकको रुपमा देखिएका छन् । 
 

प्रकाशित: ३ चैत्र २०७३ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App