८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिलिपिन्सका राष्ट्रपति थाइल्याण्ड जाने

मनिला – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन् ।

विदेश मामिला विभागका अधिकारीले बिहीबार दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले थाइल्याण्डका शिर्ष नेतासँग दुर्इपक्षीय चासोका विषयमा छलफल गर्नेछन् । 

थाई प्रधानमन्त्री प्रयुट चान ओचालगायतसँग उनले राजनीति, अर्थतन्त्र, कृषि, ऊर्जा, शिक्षा, सुरक्षा सहकार्यलगायतका विषयमा छलफल केन्द्रीत गर्ने कार्यक्रम रहेको छ । 

थाइल्याण्डमा बस्दै र काम गर्दै आएका झण्डै १६ हजार फिलिपिनोलाई पनि उनले भेट्ने अपेक्षा गरिएको छ । 

आउँदो जुन महिनामा फिलिपिन्स र थाइल्याण्डको दुई पक्षीय सम्वन्ध सुरु भएको ६८ वर्ष पुग्न लागेको हो । 

दुई देशको सम्वन्ध सधैँ बलियो र जिवन्त भइरहेकोमा यस प्रकारको उच्चस्तरीय भ्रमणले त्यसलाई थप राम्रो बनाउन सहयोग गर्ने विश्वास गरिएको छ, भ्रमणका बारेमा सरकारी पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: ३ चैत्र २०७३ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App